रोजगार सुचना केन्द्र

नयाँ नेपाल अभियान अन्तरगत आ.व.०६५/६६ को बजेट बक्तव्यमा मुलुकभर विभिन्न स्थानमा रोजगार सूचना केन्द्रहरु स्थापना गरि बेरोजगारको लगत तयार गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार श्रम बिभाग मातहत प्रत्येक अंचलमा एउटा पर्ने गरि १४ वटा स्थानमा रोजगार सूचना केन्द्र स्थापना गरि संरचनागत रुपमा बेरोजगारहरुको लगत लिने कार्य आरम्भ भै हालसम्म यस कार्यक्रमलाई निरन्तरता दिइएको छ ׀ चालु २०६७/६८-६९/७० को त्रिवर्षीय योजनामा गरिबी निवारणका लागि सम्मानजनक, मर्यादित र लाभजन्य रोजगारीका अवसर बृद्धि  गर्ने उद्देश्य राखिएको सन्दर्भमा रोजगार सूचना केन्द्रहरुलाई सुद‍ृढ गरि एकीकृत रोजगार  विनिमय केन्द्रको रुपमा बिकसित गर्ने र सुचिकृत जनशक्तिको लगत राखने बिश्‍लेषण गर्ने तथा रोजगार बिनिमय प्रणालीको विकास गरि ज्ञान शिप अनुभब शैक्षिक योग्यता अनुसारको रोजगारीमा पहुच पुर्‍याउने काममा सहजता पर्दान गर्न नेपाल सरकारले रोजगार सूचना केन्द्र संचलन तथा ब्यबस्थापन निर्देशिका,२०६९ स्विकृत गरि  कार्यन्वयनमा समेत ल्याएको छ ׀

उदेश्यहरु

रोजगार सूचना केन्द्र स्थापनाका प्रमुख उदेश्य:

  • बेरोजगारहरुको लगत संकलन गरि श्रम बजारमा बेरोजगारीको स्थिति पहिचान गर्नु
  • रोजगारीको क्षेत्र तथा अवसरहरु खोजि गर्नु
  • बजार सम्बन्धि सुचनाहरु विधुतीय मध्यमबाट समेत प्रबाह गरी श्रम बजार सुचनामा सरोकारवालाको पहुँच सरल र सहज तुल्याउनु
  • माग र आपुर्तिबिचको अन्तरलाई कम गर्नु

कार्यहरु

रोजगार सूचना केन्द्रका कार्यहरु देहाय अमोजिम रहेको छन्:

  • बेरोजगार दार्त फारम वितरण तथा बेरोजगारहरुको लगत संकलन गर्ने
  • विधुतीय मध्यमबाट तथ्यांक प्रविष्टि गर्ने
  • तथ्यांक प्रशोधन तथा विश्‍लेषण गर्ने
  • तथ्यांक अध्यावदिक गर्ने
  • रोजगारदातहरुसंग छलफल र अन्तरक्रिया गर्ने
  • रोजगारीका अवसरहरुको पहिचान गर्ने
  • श्रम बजार सुचना व्यवस्थापन गर्ने
  • श्रम बजारमा रहेको अबसरको प्रचार प्रसार गर्ने
  • बेरोजगारी तथा रोजगारीका अवसर सम्बन्धि विभिन्न सुचनामुलक प्रतिवेदन तयार पर्ने
  • नीतिगत पृष्ठपोषण गर्ने गराउने
  • रोजगार मेला आयोजना गर्ने तथा रोजगारी सम्बन्धी परामर्श सेवा प्रदान गर्ने

 

रोजगार सूचना केन्द्र र यसले समेटेका जिल्लाहरु

क्र.स. रोजगार सूचना केन्द्र सम्पर्क समेटेका जिल्लाहरु

रोजगार सूचना केन्द्र, भद्रपुर
श्रम कार्यालय, भद्रपुर-१४, झापा

फोन: ०२३-४५५३०७
फ्याक्स: ०२३-४५५०५५

ईमेल: escjhapa@gmail.com

ईलाम, झापा, पांचथर, ताप्लेजुङ

रोजगार सूचना केन्द्र, बिराटनगर
श्रम कार्यालय, बिराटनगर-४, पोखरिया टोल, मोरङ

फोन: ०२१-४६३०२४
फ्याक्स: ०२१-४६३०२०    
ईमेल: escbiratnagar@gmail.com

भोजपुर, धनकुटा, मोरङ, सन्खुवासभा, सुनसरी, तेह्रथुम

रोजगार सूचना केन्द्र, उदयपुर 
बोक्से गम, वार्ड नं १, उदयपुर

फोन: ०३५-४२०८९६
फ्याक्स: ०३५-४२०८९७

ईमेल: escudaypur@gmail.com

खोटांङ, ओखलढुंगा, सप्तरी, सिराह, सोलुखुम्बु, उदयपुर

रोजगार सूचना केन्द्र, जनकपुर 
श्रम कार्यालय, जनकपुर-४, क्याम्पस चौक, धनुषा

फोन: ०४१-५२०१३५
फ्याक्स: ०४१-५२०१३५
ईमेल: janakpuresc@gmail.com

धनुषा, दोलखा, महत्तरी, रामेछाप, सर्लाही, सिन्धुली

रोजगार सूचना केन्द्र, काठमाडौं 
श्रम कार्यालय, काठमाडौं -१२, टेकु, भंसार मार्ग, काठमाडौं

फोन: ०१-४२४२१३८  
ईमेल:esckathmandu@gmail.com
काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे

रोजगार सूचना केन्द्र, हेटौंडा
श्रम कार्यालय, हुप्रा चौर-४, हेटौंडा, मकवानपुर

फोन: ०५७-५२१४७५
फ्याक्स: ०५७-५२४३२३ 

ईमेल: hetaudaesc@gmail.com

वारा, चितवन, मकवानपुर, पर्सा, रौटहत

रोजगार सूचना केन्द्र, पोखरा
श्रम कार्यालय, नदीपुर-३, पोखरा, कास्की

फोन: ०६१-५३५८४४
ईमेल: pokharaesc@gmail.com

गोर्खा, कास्की, लमजुङ, मनाङ, स्यांजा, तनहु

रोजगार सूचना केन्द्र, बुटवल
श्रम कार्यालय, बुटवल-११, मिलन चौक, गणेश पथ बुटवल, रूपन्देही

फोन: ०७१-५४०३०३
फ्याक्स: ०७१-५४०३०३
ईमेल: escbutwal@gmail.com

अर्धाखांची, गुल्मी, कपिलबस्तु, नवलपरासी, पाल्पा, रूपन्देही

रोजगार सूचना केन्द्र, पर्वत
व्यावसायिक तथा सीप बिकास तालीम केन्द्र, कुस्मा-९, बदगांउ, पर्वत

फोन: ०६७-४२१११५

ईमेल: escparbat@gmail.com

बागलुङ, मुस्तांङ, म्याग्दी, पर्वत
१०

रोजगार सूचना केन्द्र, दा
व्यावसायिक तथा सीप बिकास तालीम केन्द्र, तुलसीपुर-६, दाङ

फोन: ०८२-५२१९३७, ५२०५४६

ईमेल: eicdang@gmail.com

दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यान
११

रोजगार सूचना केन्द्र, जुम्ला
चन्द्रनाथ-६, कालेखोली, जुम्ला

फोन: ०८७-५२०३०६
ईमेल: jumlaesc@gmail.com

डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु
१२

रोजगार सूचना केन्द्र, नेपालगंज
श्रम कार्यालय, नेपालगंज -१३,‍ आदर्शनगर, सुर्खेत रोड, बांके

फोन: ०८१-५२०१४४
फ्याक्स: ०८१-५२०१९६
ईमेल: escnepalgunj@gmail.com

बांके, बर्दिया, दैलेख, जाजरकोट, सुर्खेत
१३

रोजगार सूचना केन्द्र, धनगढी   
श्रम कार्यालय, धनगढी-५, हसनपुर, कैलाली

फोन: ०९१-४१२०७९
फ्याक्स: ०९१-४१२०७९ 
ईमेल: escdhangadhi@gmail.com

अछाम, बझाङ, बाजुरा, डोटी, कैलाली
१४

रोजगार सूचना केन्द्र, महेन्द्रनगर
व्यावसायिक तथा सीप बिकास तालीम केन्द्र, भिमदत्त – १५, निम्बुखेडा, कन्चनपुर

फोन: ०९९-५२२१३७       

ईमेल:esckanchanpur@gmail.com        

बैतडी, डडेल्धुरा, दार्चुला, कन्चनपुर